अर्थतन्त्र

अञ्जन श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।

श्रेष्ठ महासंघको तर्फबाट बोर्डको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य थिए । ढकालले राजीनामा दिएपछि महासंघले श्रेष्ठलाई बोर्डको सञ्चालक सदस्यमा पठाएको हो ।

नवनियुक्त सञ्चालक श्रेष्ठले कात्र्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभारसमेत सम्हालिसकेका छन् । बोर्ड सञ्चालक समितिको बैठकमा उपस्थित हुँदै श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत