राजनीति

नेपाली कांग्रेस आगामी चुनावमा एक्लै लड्ने, कुनै अन्य पार्टीसँग गठबन्धन नहुने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी चुनावमा कसैसँग गठबन्धन नहुने बताएकाे छ ।

देउवानिवास बूढानीलकण्ठमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन् ।

चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए ।

जारी बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि प्रम देउवाले यसको जवाफ दिएका हुन् । 

यसअघि गठबन्धनसँगै चुनावी तालमेलकाे हल्ला चलेकाे थियाे ।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको स्पष्ट पारे ।

गाउँ सहर संवाददाता

Ramkrishna Rimal लेख्नुहुन्छ २९ कार्तिक, २०७८ २:०५ pm

Good aba balla gaito ma gam lagaxbudako

Anuj Gurung लेख्नुहुन्छ २९ कार्तिक, २०७८ २:०४ pm

शेरे बाले ठिक भन्याे

Shankar Luitel लेख्नुहुन्छ २९ कार्तिक, २०७८ २:०४ pm

सेरु ले याे चाहिँ ठिक भनेकाे

Jit Bhadur Khadka लेख्नुहुन्छ २९ कार्तिक, २०७८ २:०३ pm

गठबन्धन नगर नेपाली काङ्ग्रेस काे ५५ सिटमा थन्किने निसित हुन्छ धेरै फुई नलगाकै राम्रो अनि सरकार माओवादी र समाजबादिकाे काङ्ग्रेस बिपच्क्षयमै कुवाकाे भ्यागुतो कुवामै भएको राम्रो नलाग्ला भन्न सकिन्न

तपाईँको मत