गाउँ सहर

सर्वोच्चकाे मूल गेटमा धर्ना, प्रधानन्यायाधीशलाई अदालत छिर्न नदिने तयारी

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नासहितका कार्यक्रम गर्दै छन् । प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न रोक्ने तयारीसहित कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।

गत शुक्रबार पनि नेपाल बारका पदाधिकारीसहितका कानुन व्यवसायीले अदालत गेटमा धर्नाका साथै विरोधका विविध कार्यक्रम गरेका थिए ।  आज पनि साढे ९ देखि साढे ११ बजेसम्म सर्वोच्चको मुख्य प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम तयार भएको नेपाल बार एशोसिएसनले जनाएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रममा आइतबार पनि धर्नालगायत कार्यक्रम जारी राख्ने घोषणा गरेका थिए ।

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरेपछि शुक्रबार प्रधानन्यायाधीश जबरा महान्याधिवक्ताको कार्यालयतर्फबाट अदालत प्रवेश गरेका थिए ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डालगायत विविध राजनीतिक प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएपछि उनको राजीनाको माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । त्यसैगरी सर्वाेच्चकै न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् ।

 

 

 

 

 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत