शिक्षा

एनप्याब्सन कास्कीद्वारा विद्यालय स्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता

पोखरा । नेशनल प्याव्सन कास्कीले विद्यार्थीहरूमा नेपाली भाषाको वृहत्तर विकासका गर्ने उद्देश्यअनुरूप विद्यालय स्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता सम्पन्न गरेको छ ।

नेशनल प्याव्सन कास्कीमा आवद्ध २८ विद्यालय सहभागी रहेको उक्त प्रतियोगितामा प्रतियोगितामा अञ्जुली बोर्डिङ्ग स्कुल प्रथम, डायमण्ड मोडल स्कूल द्धितीय, अल्फा एकेडेमी तृतीय तथा त्रिवेणी पब्लिक सान्त्वना भएका कार्यक्रम संयोजक गौरव थापाले जानकारी दिए ।

प्रतियोगिताको निर्णयको जिम्मा नेपाली भाषा शिक्षक परिषद कास्कीलाई दिइएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुर्यबहादुर खड्काले विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउन एवम् नेपाली भाषाप्रतिको ज्ञान अभिवृिद्धका लागि प्रतियोगिताफलदायी रहेको बताए । अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरुमध्येको यस कार्यक्रमले विद्यार्थीलाईनेपाली भाषा अध्ययनमा ज्यादै उत्सुक र जागरुक बनाउन सहयोग पु-याउनेमा जोड दिए ।

 विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्धेश्यले हिज्जे, पर्यायवाची विपरीतार्थक शब्द चरण, अन्ताक्षरी चरण, पदवर्ग चरण, कोठेपद चरण, अनुवाद चरण, अक्षर छुट्याउने चरण, द्रूतगति चरणः संकेत चरण लगायत समावेश थिए ।

नेशल प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको उपसमिति सदस्य तोलाकान्त न्यौपानेले सञ्चालन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत