राजनीति

एमाले महाधिवेशनकाे प्रचारप्रसार ब्यानर र भित्तेलेखन छाेडेर डिजिटल माध्यमबाट हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना गर्न गइरहेको दशौं महाधिवेशनको प्रचारप्रसार कार्यलाई तीव्र बनाउने जनाएको छ । दशौं महाधिवेशनका सन्दर्भमा शुक्रबार एक पत्रकार सम्मेलनमार्फत एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतमा भन्दा केही नयाँ ढङ्गबाट महाधिवेशन प्रचारप्रसारलाई अगाडि बढाइएको बताउँदै प्रचारका लागि कपडाको ब्यानर र भित्तेलेखन पनि नहुने बताए ।

यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधिका लागि पार्टी सदस्यहरुमा आव्हान गर्नुहुने पनि भट्टराईले बताए । चितवन एक पर्यटकीय क्षेत्र भएकोले पनि चितवनमा केन्द्रित रही महाधिवेशनको प्रचारप्रसार अगाडि बढाइने उल्लेख गरे ।

दशौं महाधिवेशनमा वेबसाइट, फेसबुक पेज लगायत डिजिटल माध्यमलाई पनि बढी सक्रिय गराइने उनले बताए । यससँगै देशैभरका सात सय ५३ वटा स्थानीय पालिकाहरुमा दशौं महाधिवेशन केन्द्रित छलफल गर्ने, काठमाडौं, चितवन लगायत प्रदेशका राजधानी केन्द्रित रही बुद्धिजीवी परिषद्ले छलफल चलाउने र मङ्सिर ७ गते समपूर्ण जिल्ला र प्रमुख शहरहरुमा मोटरसाइकल -याली गर्ने एमालेले जनाएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियुको मुख्य नेतृत्वमा मोटरसाइकल ¥याली गरिने भट्टराईले जानकारी दिएका हुन् । यससँगै थप आवश्यक प्रचारप्रसारको कामलाई अगाडि बढाइँदै लैजाने एमालेले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत