अर्थतन्त्र

सांग्रिला बैंककाे शाखा रूपन्देहीकाे तिलोत्तमा नगरपालिकामा

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंककाे थप एक नयाँ शाखा खुलेकाे छ । 

बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै तिलोत्तमा नगरपालिका, रुपन्देही वडा नं.५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ ।बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो ।

मणिग्राम शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत