वातावरण

मंगलबारपनि केहि स्थानमा हिमपात

काठमाडाैँ । आज २०७८ कार्तिक २३ गते (मंगलबार), दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विभगले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत