स्वास्थ्य

वायु प्रदूषणले मुटुलाई कमजोर बनाउँछ, उच्च रक्तचाप र मिर्गौलाका बिरामी बढी जोखिममा

काठमाडाैँ । हालसम्म भएका धेरै अनुसन्धानमा वायु प्रदूषणले मुटुसम्बन्धी रोगको जोखिम बढाएको बताइसकेका छन् । अमेरिकामा हालै गरिएको अनुसन्धानले यसबारे अर्को जानकारी दिएको छ । अन्वेषकहरू भन्छन् कि यदि बिरामी मिर्गौलाको रोगी हो र उच्च रक्तचापबाट पनि पीडित छ भने वायु प्रदूषणले उसको मुटुलाई अझ कमजोर बनाउन सक्छ ।

अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी किडनी वीक–२०२१ मा बिहीबार यो दाबी गरिएको हो । शोधकर्ताहरूका अनुसार वायु प्रदूषणको प्रत्यक्ष सम्बन्ध मुटुसम्बन्धी रोगसँग हुन्छ । यदि हामीले वायु प्रदूषणबाट आफूलाई बचाउने हो भने हृदय रोगको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।

उच्च रक्तचापबाट पीडित मिर्गौलाका बिरामीमा ग्लाइसिन–३ को मात्रा बढेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यो प्रत्यक्ष रूपमा वायु प्रदूषणसँग सम्बन्धित छ । जसका कारण मुटु भित्री रुपमा कमजोर हुन्छ ।

एक हजार १९ जना बिरामीमा गरिएको अनुसन्धानले यस्ता बिरामीमा मायोकार्डियल फाइब्रोसिस हुने गरेको पाइएको छ । सजिलो भाषामा बुझ्नुपर्दा मुटु कमजोर हुन थाल्छ । यसले हृदयघात वा मृत्यु पनि निम्त्याउन सक्छ ।

कसरी मुटु स्वस्थ राख्ने ?

हरेक दिन शारीरिक व्यायाम गर्नुपर्छ । व्यायाम स्वस्थ जीवनकाे लागि अपरिहार्य छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । खानामा नुन र बाेसाेकाे मात्रा कम गर्नुपर्छ । यस्तै व्यायाम गर्न नसके याेग वा वाक अनिवार्य रहन्छ । धूमपान, मदिरापानजस्ता कुलतले बिरामी बढाउँछ, तुरून्त राेक्नुपर्छ । तनाव कम लिने र निन्द्रा पुर्याउनु अर्काे महत्वपूर्ण पक्ष हाे ।

गाउँ सहर डेस्क

तपाईँको मत