कला

लघुकथा : पीडित

[भिनाजु उता कांग्रेसको ओडा सदस्य बनेका छन् म यता एमालेको]

यसपाली त दशैँमा टिका लाउन पनि आइनन ! एउटै दिदी... नआउँदा ज्यादै खल्लो लाग्दो रहेछ |

मैले त हो पोहोर साल भिनाजुलाई रिसको झोकमा लछारपछार पारेको | कांग्रेस कि कम्युनिस्ट भन्दै विवाद हुँदा भिनाजु कांग्रेस नै ठिक भनेर अडिग रहनु भयो, म कुन्नि केको बहादुरी देखौन लडें |

बिचरा दिदीलाई त आउँ आउँ लागेको थियो होला नि ?? मेरो अनुमान त हो |

तीजमा, दशैँमा मैले दिदीलाई आउन कर नगरेको त कहाँ हो र खै सुने नसुनेकै गरिन | अब तिहार आयो... बाबाआमाको हातको टिका थाप्न त आइन मलाई टिका लगाईदिन झन् के आउलिन र ? ऊ माथि भिनाजु उता कांग्रेसको ओडा सदस्य बनेका छन म यता एमालेको |

खै कस्तो बुझाइ हो हाम्रो ? एउटै थाप्रो गोबरका दुई गोब्रेकिरा !

फोन गरें ! एक घन्टीमा नै उठाई , माया त रैछ त | मौकामा मैले भनिहालें " म टिका लगाउन कुरिबस्छु !"

केहि बोलिनन् - स्पस्ट भएँ दिदीलाई आउन मन चाहिं औधि छ | यस्तैमा भनिन "तल बेशिको गोठमा आइज, म त्यहिँ टिका लगाईदिन्छु | घर आउन मिल्दैन |"

तपाईँको मत