स्वास्थ्य

पछिल्लाे २४ घण्टामा विश्वभर साढे तीन लाख काेराेना संक्रमित थपिए, साढे ६ हजारकाे मृत्यु

काठमाडौं । पछिल्लाे २४ घण्टामा विश्वभर ३ लाख ६९ हजार जना काेराेना संक्रमित थपिएका छन् । यससँगै विश्वभर हाल १ कराेड ८२ लाख ८९ हजार जनामा भाइरस सक्रिय छ । त्यसैगरि ३ लाख ५६ हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ५४६ जनाकाे मृत्यु भएकाे छ । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार विश्वभर हालसम्म २४ कराेड ८२ लाख ४५ हजार संक्रमित भएका छन् भने २२ कराेड ४९ लाख २८ हजार संक्रमणमुक्त भएका छन् । 

हालसम्म काेराेना संक्रमणबाट ५० लाख २७ हजार ८८६ जनाकाे मृत्यु भएकाे छ भने ७२ हजार जना सिकिस्त छन् । 

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ६७ लाख ७१ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ७ लाख ६८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लाे २४ घण्टामा ५४ हजार जना संक्रमित थपिएका छन् ।

दाेस्राे नम्बरमा रहेकाे भारतमा पछिल्लाे २४ घण्टामा १० हजार जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ४३ लाख पुगेकाे छ भने हालसम्म ३ कराेड ३६ लाख ८९ हजार जना निको भएका छन् । सक्रिय केस १ लाख ५७ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । त्यसैगरि हालसम्म ४ लाख ५९ हजारकाे मृत्यु भइसकेकाे छ । 

तर पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार १७८ जनाकाे मृत्यु भएकाे छ भने ३९ हजार संक्रमित भएका छन् । 

नेपालमा भाइरस संक्रमित ८ लाख १३ हजार ४३३ जना पुगेका छन् भने ७ लाख ९२ हजार ८३२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ४२७ पुगेको छ भने ९ हजार १७४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत