अर्थतन्त्र

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको कटहरी गाउँपालिका वडा नम्बर–१, महेशपुरमा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बैंकको १७औँ वार्षिकोत्सवको अवसर पारेर विराटनगर शाखाले बचत संकलन मात्र नभई ऋण परिचालन तथा सही वित्तीय निर्णयबारे सर्वसाधारणलाई जानकारी गराएको हो ।

पैसाको सही प्रयोग गर्ने सीप, वित्तीय संस्थाहरूले दिने सेवा–सुविधाहरूको सही प्रयोग गर्ने विधि तथा वित्तीय सेवा उपभोगको अधिकार तथा कर्तव्यको बारेमा जानकारी दिइएको हो । बचत, ऋण, लगानी, विप्रेषण, आधुनिक बैंकिङ प्रणाली, बिमा तथा सेयर बजार र बैंकिङ पहुँचसमेतका विषयमा नागरिकहरूलाई सुसूचित गराउनु पनि बैंकको दायित्वभित्र पर्ने बैंकको विराटनगर शाखा प्रबन्धक अर्जुन खतिवडाले बताए ।

करिब १०० जना सहभागी कार्यक्रममा बचत गर्ने बानीको कसरी विकास गर्ने, बचतको लागि औपचारिक माध्यम नै किन रोज्ने, पारिवारिक बजेट बनाएर कसरी जीवनयापन सहज बनाउने, विप्रेषणको सही उपयोग कसरी गर्ने, बिमाको महत्त्व किन छ, अफ्नो लगानी लक्ष्य कसरी बनाउने र वित्तीय साक्षरतातर्फ कसरी अग्रसर बन्ने भन्ने विषयमा छलफल भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत