अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको शाखा उदयपुरको कटारी बजारमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।

मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । देशभर २६ लाख भन्दा बढी ग्राहक आवद्ध रहेको बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत