अर्थतन्त्र

वार्षिक उत्सवमा सिटिजन लाइफ चन्द्रगढी शाखाद्वारा अपाङ्गता नागरिक ग्राम आवास गृहलाई सहयाेग

चन्द्रगढी, झापा । सिटिजन लाइफ इन्स्योरेन्सले चौथो वार्षिक उत्सवको अवसरमा अपाङ्गता नागरिक ग्राम आवास गृहलाई सहयाेग गरेकाे छ ।  

कम्पनीको चन्द्रगढी शाखाको तर्फबाट भद्रपुर-४, स्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र, झापा शाखा अन्तर्गत १ नं. प्रदेश अपाङ्गता नागरिक ग्राम आवास गृहमा रहेका सम्पूर्ण अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई लत्ताकपडा, खेलकुद सामाग्री तथा खानेकुरा सहयोग गरेको हो ।

साे अवसरमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठ, केन्द्रीय सदस्य शर्मिला अधिकारी, शाखा सभापति ऋषि चापागाईं, शाखा सचिव बालध्वज कार्की, कोषाध्यक्ष तुलामाया बन तथा पदाधिकारीकाे उपस्स्थिति थियाे भने सिटिजन लाइफ इन्स्योरेन्स बिर्तामोड एरियाका एरिया ब्रान्च मेनेजर उत्तम कोइराला, चन्द्रगढी शाखाका शाखा प्रमुख बिपिन राइ, सिनियर एजेन्सी मेनेजर खगेन्द्र लुइँटेल, एजेन्सी मेनेजरहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

चन्द्रगढी शाखा प्रमुख बिपिन राइले आउँदा दिनहरुमा पनि इन्स्याेरेन्सले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसै गरि बिर्तामोड एरियाका एरिया ब्रान्च मेनेजर उत्तम कोइरालाले सुरुवाती सहयोग भएकाेले आगामी दिनहरूमा पनि कुनै न कुनै रूपमा सहयाेग गर्ने जनाउँदै सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे।

खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले सिटिजन टिमकाे सहयाेगप्रति आभार व्यक्त गरे ।

शाखा सभापति ऋषि चापागाईंले यस क्षेत्रलाई पनि बीमाको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । 

सिनियर एजेन्सी मेनेजर खगेन्द्र लुइँटेलले ले यस क्षेत्रमा आबद्ध भएर यसरी सहयोग गर्न पाएकाे भन्दै खुशी व्यक्त गरे ।

सिटिजन लाइफ इन्स्योरेन्सको चन्द्रगढी शाखाको तर्फबाट शाखा प्रमुखसहित एजेन्सी मेनेजरहरु र अभिकर्ताहरुकाे सहयाेग रहेकाे थियाे । 

थप तस्बिरहरू :

गाउँ सहर संवाददाता

तपाईँको मत