स्वास्थ्य

आइतबार कोरोनाभाइरसविरूद्धको खाेप लगाउने ७ हजार ५७६, सक्रिय संक्रमित १० हजार २०१

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार ३४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६२५ जनाको परीक्षण गर्दा नयाँ ५५७ संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ८७७ छन् । योसहित कुल निको हुनेको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ ।

देशमा सक्रिय संक्रमितको संख्या १० हजार २०१ छ ।

पूर्ण खोप लगाउनेको संख्या ६६ लाख ४ हजार १७३ पुगेको छ । पछिल्लो दिन ७ हजार ५७६ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १८.५ प्रतिशत रहेको छ ।

अहिले ५०० बढी संक्रमित हुने जिल्ला ३ रहेका छन् । १३ जिल्लामा २०० माथि संक्रमण छ । मुस्ताङ शुन्य संक्रमित जिल्ला भएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत