गाउँ सहर

मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोकिने

  • ७ कार्तिक आइतबार, २०७८ | १५:१३:०० मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च र यस मातहतका अदालतहरुमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उनले पर्सि (मंगलबार) देखि केही मुद्दामा नमुनाको रुपमा गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा जबराले मंगलबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति जनाएका छन् ।

सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आइतबार भएको छलफलमा जबराले मंगलबार अदालतको फूलकोर्ट बैठक बोलाउने सहमति जनाएका छन् ।

निक पेसीमा चलखेल हुने गरेको भन्दै यसलाई स्वचालित बनाउने र गोला प्रथामा लैजाने सन्दर्भमा पटक–पटक बारले अदालतको ध्यानाकर्षण गराउँदै आएको थियो । बारले यसबारे २०७८ आश्विन १८ गते विज्ञप्ति नै निकालेर सजग गराएको थियाे । 

अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो ।

तपाईँको मत