अर्थतन्त्र

सुनकाे मूल्य ताेलामा ९२ हजारभन्दा माथि

काठमाडाैं । आइतबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ पुगेको छ ।

साताको पहिलो कारोबार दिन तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर रहेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकिएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । शुक्रबार भने चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २५० रुपैयाँमा काराेबार भएको थियो ।

गाउँ सहर संवाददाता