ब्लग

ठेकेदारसँग मिलेर आफ्नो धोक्रो भर्नेलाई जनताले सबक सिकाउनैपर्छ

  • अनुसा थापा
  • ७ कार्तिक आइतबार, २०७८ | ०८:२१:०० मा प्रकाशित

सडकका जेब्राक्रसहरु खुइलिएका छन् । मानिसहरुको अत्याधिक चाप हुने स्थानहरुमा समेत जेब्राक्रसको सुविधा छैन । आकाशे पुल त अलि पर कै कुरा भयो । धेरै सवारी चाप हुने भनेको राजधानीमै हो । तर पुलको व्यवस्था नहुँदा सर्वसाधारणहरुलाई ओहोरदोहोर गर्न निकै कठिनाइ हुने गरेको छ ।

सडक विभाग र भौतिक पुर्वाधार विकास मन्त्रालयले पनि जेब्राक्रस र आकाशे पुल राख्नतर्फ खासै चासो दिएको छैन् । कतैकतै जेब्राक्रस भइहालेपनि तिनीहरु मेटिसकेको अवस्था छ । अर्थ मन्त्रालयले जेब्राक्रस मर्मत गर्न वर्षेनि भारी छुट्याउने गर्दछ ।

नजिकनजिक आकाशे पुल बनाउन अर्थ मन्त्रालयले अर्बौं बजेट छुट्याएको छ । तर सडक विभागको हाकिम र ठेकेदारको मिलोमतोमा कमिशनको खेलमा झारा टाल्ने काम भइरहेको छ । यसमा भौतिक पुर्वाधार विकास मन्त्रालयको सीमित व्यक्तिको पनि हात छ ।

न जेब्राक्रसमा कलर लगाइएको छ न आकाशे पुल नै बनेको छ । अनि यत्रो बजेट गयाे कहाँ ? काम भने केही नगर्ने आएको बजेटजति सबै मिलेर कुम्ल्याउने यसरी देशविकासले गति लिन सक्छ । भक्तपुरको राधेराधे, जडीबुटी र तीनकुनेमा पुल बनाउने लागेको चार वर्ष बितिसक्यो ।

चार वर्षसम्म एउटा पुल निर्माण हुन सक्दैन भने यस्तो देशमा भएका नेताहरुले के गर्न सक्लान् । सरकारले पुल बनाउन बजेट पारित गर्ने ठेकेदार आधा काम गर्ने पैसा लिने अनि गायब । अहिले बनेको पुलहरुमा समेत कमशल सामान हालिएको छ । वर्षदिन नटिक्ने पुललाई अरबाैँ रुपियाँ खर्च गरिएको छ ।

पुल बनाउने ठेकेदारले इन्जिनियरहरुलाई समेत किनिसकेको छन् । देशको उच्च ओहोदामा बस्नेहरुलाई जसले बढी कमिशन दिन्छ उसले ठेक्का पाउँछ । काम हेरेर होइन कमिशन हेरेर ठेक्का दिइन्छ । जेब्राक्रस नै हेरौ एक महिना अधि लगाइएको रङ महिना दिनमै मेटिसकेको हुन्छ ।

ठेकेदारहरुले गुणस्तरहीन, म्याद सिद्धिएको सामानको प्रयोग गर्छन् । एकदमै सस्तो सामान किनेर निर्माण गर्छन् अनि बिलचाहिँ तीन गुणा बढीको बनाउँछन् । निर्माण व्यवसायीहरुले राजनीतिक दललाई चन्दा दिएको र सरकारी कर्मचारीलाई दिएको घुस ठेक्काबाट उठाउँछन् ।

निर्माण व्यवसायीहरुले एक वर्षमा सिद्याउँछु भनेर सरकारसंग सम्झौता गर्छन् । त्यही काम गर्न पाँच वर्ष लगाउँछन् । त्यहीमाथि वर्षैपिच्छे सरकारलाई बजेट थप्न लगाउँछन् । जनताले तिरेको कर वालुवामा पानी हालेझैँ भएको छ । निर्माण व्यवसायीहरुले भ्रष्ट्राचार गरेर कमाएको सम्पत्ति न शुद्धीकरण विभागले छानबिन गर्छ । न त अख्तियार नै यिनीहरुले भ्रष्ट्राचार गरेर कमाएको सम्पति छानबिन गर्न अघि सर्छ । नेपालमा भएको अख्तियार नामको लागि मात्र हो । हजार रुपियाँ घुस खाने पिऊनलाई अख्तियारले समातेर केके न गरि भन्छ । करौडौँको भ्रष्ट्राचार गरेर खुल्ला रुपमा हिँडिरहेकोलाई उसले केही गर्न सक्दैन् ।

माओवादी पक्षको अध्यक्ष पुष्पकमल दाहाल पनि ठेकेदारकै घरमा बस्छन् । जनताले तिरेको कर झ्याम बनाउने माफियाको घरमा दाहाल बस्छन् । एक वर्षमा सिद्धिने काम दश वर्ष लगाएर राज्य र जनता ठग्ने ठेकेदारको घरमा माओवादीको अध्यक्षले आफ्नो बासस्थान बनाएका छन् ।

०४६ सालभन्दा अगाडि एक जोर चप्पल किनेर लाउन नसक्नेहरु पटकपटक देशको प्रधानमन्त्री र मन्त्री बने । यिनीहरुको अहिले रोपनीदेखि पाँच रोपनीसम्म बनेको घर छ । यिनीहरुले लवाइखवाइ हेर्दा त कुनै पुँजीपति पुष्ठभूमिबाट आएको जस्तो देखिन्छ । यत्रो सम्पति यिनीहरुले कहाँबाट जोडे । यो सिधै भ्रष्ट्राचार नै हो ।

देशमा सांच्चिकै विकास गर्ने हो भने २०४६ सालपछिका नेतादेखि वडाध्यक्षको सरकारी कर्मचारी छानबिन गर्नुपर्छ । सरकारी कर्मचारीदेखि हरेक व्यवसायीको सम्पति्त छानबिन गर्नुपर्छ । यिनीहरुले भ्रष्ट्राचार गरेर राखेको रकमबाटै देश विकास गर्न पुग्छ ।

आफ्नो पाँच पुस्तालाई पुग्ने सम्पत्ति जोडेर राखेको छन् । छानबिन गर्न अहिलेको सरकारले सक्दैन् । किनकी सरकारमा बस्नेहरुले नै भ्रष्ट्राचार गरेको छन् । आफ्नै पोल खुलिन्छ भनेर पनि छानबिन गर्दैनन् । तर जनताले पार्टीको कार्यकर्ता भएर झोला बोकेर हिँड्दा पनि नेताहरुले यत्रो भ्रष्ट्राचार गरेको हो ।

आफूसंगै हिँडेको कार्यकर्ताले काठमाडौंमा घर बनाउँदाखेरि अर्को कार्यकर्ताले त्यसको विरोध गर्न सकेन् । केपी ओलीसंग थुनामा बसेको एमालेका कार्यकर्तालाई समेत केपीले बाँकी छोडेको छैनन् ।

आफ्नो छोरालाई जागिर लगाउन नसकेर पटकपटक ओलीको अगाडि हात फैलाउँदा पनि जागिर लगाउन नसकेपछि ती मान्छे करिब एक दशक अगाडि बल्खुमा रहेको एमालेको पार्टी कार्यालय अगाडि रुखमा झुनि्डएर मरेको थिए । ओलीले त्यतिखेर पनि मानवताको भावना देखाएनन् ।

नेपालमा नैतिकता बेच्न सक्ने मान्छेले मात्र गरिखान सक्दो रहेछन् भन्ने उदाहरण यहाँबाट लिन सकिन्छ । एमालेको झोला बोकेका, वर्षौसंगै थुनामा बसेको साथीलाई यस्तो गर्नु भनेको कति श्रमनाक कुरा थियो । राजनीति एउटा फोहोरी खेल मात्र हो ।

भ्रष्ट्राचार गर्नसक्ने माथि जान्छन् । भ्रष्ट्राचार गर्न नसक्नेले आफ्नो घरखेत सिद्धयाएको छन् कि त झुन्डिएर मरेको छन् । झुठो बोलेर, जनतालाई ढाटेर ठेकेदारसंग कमिशन खाएर मन्त्री, प्रधानमन्त्री बन्ने नेपालमा प्रशस्तै छन् । अहिले भएका सांसदपनि त्यसकै पात्र हुन् ।

यिनीहरुको सम्पत्ति कति छ भन्ने कसैले सुइकोसमेत पाएको छैनन् । यिनीहरुले यत्रो सम्पत्ति कहाँबाट जोडे जनतालाई अत्तोपत्तो छैन् । खानलाई धौधौ पर्ने परिवारबाट आएका व्यक्तिहरु अर्बौंका मालिक कसरी बने ? जनताको नाम बेचेर प्रधानमन्त्रीदेखि मन्त्री बनेका छन् ।

सिधासाधी जनताको अगाडि गएर झुठा आश्वासन दिन यिनीहरुलाई लाज लाग्दैन् । आजसम्म कुनै पनि नेताले हामीले गरेर महँगी बढ्यो भनेका छन् । कुनै राजनीतिक पार्टीले हाम्रो कारण देशका युवाहरु खाडी जान बाध्य छन् भनेर कहिले भनेका छन् ।

जहिले गरिबको नाम बेचेर भ्रष्ट्राचार गरिरहने ? हाम्रो देशका नेताहरु कतिसम्म लाज पचेका छन् । नेपाली कांग्रेसको विगतका प्रधानमन्त्री सुशील कोइरालाले बैंकमा खाता नभएर हात तलब थापेको कुरा पनि अझै कतिलाई स्मरण नै होला । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री पदबाट हट्दा एउटा छाता र ट्यांका लिएर वालुवाटारबाट बाहिरिए ।

यी दुई नेता मरेर गएपनि जनताले समि्झरहन्छन् । अहिले जुनसुकै पार्टीको नेता प्रधानमन्त्री बन्दा यिनीहरु भ्रष्ट्रचारी हुन् भनेर जनताले निर्डर भएर खुलेआम भन्छन् । भ्रष्ट्राचार गरेर पैसा कमाएका छन् । विदेशीसंग ऋण लिँदै जनताको टाउको थुपार्ने काम गर्छन् । यस्ता भ्रष्ट्रचारीलाई जनताले सबक सिकाउनैपर्छ ।

तपाईँको मत