सडक/यातायात

नयाँ ट्याक्सी दर्ता खोल्न खाेजेपछि डिजीलाई सरुवा गर्न खोज्दै व्यवसायी

  • अनुसा थापा
  • ६ कार्तिक शनिबार, २०७८ | १४:५०:०० मा प्रकाशित

भक्तपुर । काठमाडौं उपत्यकामा विगत तीन दशकदेखि नयाँ ट्याक्सीको दर्ता बन्द छ । अरु प्रदेशमा पनि ट्याक्सीको नँया दर्ता खोलिएको छैन् । ट्याक्सी व्यवसायीले वर्षाैँदेखि जमाएको एकाधिकार सरकारलाई तोड्न दिइएको छैन् । 

ट्याक्सीको बेथिति बढ्यो, जनताले पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न पाएनन् र ट्याक्सीको ठगीधन्दा बढ्दै गयो भनेर यातायात व्यवस्था विभागको महानिर्देशक नवराज घिमिरेले नयाँ ट्याक्सीको दर्ता नखोल्दा जनता र राष्ट्रकाे लागि घाटा भएको उल्लेख गरे । 

जनताले आवश्यकता परेको बेलामा ट्याक्सी पाउदैनन् । मिटरमा हिड्न ट्याक्सी चालक मान्दैनन् । ट्याक्सी पाएपनि मँहगो भाँडाको चपेटामा परिन्छ । त्यसैले विभागको डिजीले नयाँ ट्याक्सीको दर्ता खोल्नलाई चाहेको हुन् । नयाँ ट्याक्सीको दर्ता खोल्दा राज्यको ढुकुटीम राजस्व आँउछ । विदेशिने युवाहरु आफ्नै देशमा स्वरोजगार बन्छन् । ट्याक्सीको ठगीधन्दा बन्द हुन्छ भने यातायात क्षेत्रमा पनि केही हदसम्म सुधार हुन्छ । अहिले उपत्यकामा सञ्चालनमा भएको ट्याक्सी सबै पुरानो, कबाडी र थोत्रा भइसकेको छन् । ती ट्याक्सीले प्रदुषण पनि निकै नै बढाइरहेको छ । त्यही भएर यातायात व्यवस्था विभागले नयाँ ट्याक्सीको दर्ता प्रक्रिय अघि बढाउन खोज्दा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ बिराेधमा लागेका छन् । 

दुई महासंघका नेताहरु अहिले आएका यातायातमन्त्रीलाई भनेर विभागको डिजीलाई सरुवा गर्ने तयारीमा छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिवले यदि विभागको डिजी नयाँ ट्याक्सीको दर्ता खोल्न अघि बढ्ने हो भने हामी आन्दोलनमा जान्छौँ भन्दै चेतावनी दिए । 

नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले कुनै पनि हालतमा नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने बताए । यदि सरकार अधि बढ्छ भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यकर्तासँग मिलेर सडकमा उत्रिने बताए । 

उनले भने, 'अहिले आएको मन्त्रीसँग हाम्रो महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य को राम्रो चिनजान छ । आवश्यकता पप्यो भने डिजी सरुवा गर्छौ' ।

नयाँ ट्याक्सीको दर्ता खोल्दा ट्याक्सी व्यवसायीकाे आम्दानी घट्छ । त्यसैले पनि ट्याक्सी व्यवसायी नयाँ ट्याक्सीको दर्ता रोक्न आफ्नो कदम अगाडि चालिसकेको छन् ।  

२०७४ सालका डिजी रुपनारायण भट्टराई पनि यातायात समिति हटाएको कारण सरुवा भएका थिए ।

पैसा तिरेपछि छानीछानी सामान किन्न पाइन्छ भने ट्याक्सीचाहिँ रोजीरोजी चढ्न पाइदैन् ।

अहिले ट्याक्सी व्यवसायीको दादागिरी दिनहुँ बढिरहेको छ । जनताले पैसा तिरेर पनि ट्याक्सीबाट राम्रो सुविधा पाउन सकेका छैनन् । बिरामी साह्राेगाह्रो पर्दा मिटरा जाने ट्याक्सी पाइदैन् । ट्याक्सी पाएपनि घण्टौ मोलमोलाइ गर्नुपर्छ । सय तिरे पुग्ने बाटोमा यात्रुले पाँच सय तिरेको छन् । 

त्रिभुवन विमानस्थलमा भएको हरियो प्लेटको ट्याक्सीको दर्ता २०५० सालमा बन्द भएको थियो । बन्द हुने बेलामा त्यहाँ भएको ट्याक्सीको संख्या २०७ । अहिले पनि २०७ बटै छ । नयानँ ट्याक्सी त हालियो तर त्यही पुराना ट्याक्सीको सट्टाभरानामा । जसको कारण ट्याक्सी बढेन् । एयरपोर्टमा चल्ने ट्याक्सीमा मिटर जडान गरिएको छैन् । हरियो प्लेटको ट्याक्सीलाई सरकारले तोकेको भाँडा प्रतिकिमि ७५ हो । तर त्यहाँ पनि ट्याक्सी व्यवसायीको आफ्नै मनोमानी छ । 

कालो प्लेटको ट्याक्सीको दर्ता बन्द भएको मिति २०५७ जेठ १७ देखि । सरकारले ट्याक्सीको दर्ता बन्द गर्ने बेलामा ट्याक्सी संख्या ७५०० । जसमध्ये ५६५० पेट्रेलबाट चल्थ्यो बाँकी १८५० ट्याक्सी डिजेलबाट चल्थ्यो । डिजेलबाट चल्ने ट्याक्सी एकडेढ वर्षको अन्तरालमा विस्थापन भयो । 

२०५७ सालपछि उपत्यकामा जनसंख्या ह्वात्तै बढ्यो । उपत्यकामा अन्य जिल्लाका मानिसहर पनिबसोबास गर्छन् । २०७२ जेठ २८ गते सरकारले १८५० ट्याक्सी खोल्यो । २०७२ साउन २० गतेबाट भदौ २ गतेसम्म १५ दिने सुचना जारी गप्यो । एकजनाले एक हजार दश रुपिँउाराजस्व तिरेर फर्म बुझाए । 
१५ हजार ७५१ जनाले फर्म बुझाए जसमध्ये १८५० ले गोलाप्रथाबाट ट्याक्सी पाए । 

बीस वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट ११ लाखसम्म बिक्री हुन्छ । यदि जनताले नँया ट्याक्सीको दर्ता खोलिदिने हो भने जनताले त्यतिकै पाउँछन् । २०५७ साल अघि दुई लाखमा किनेर ट्याक्सीले आफैले चलाएर भाँडामा लाएर करोड कमाइसके । 

तैपनि नम्बर प्लेट लाखौमा बिक्री हुन्छ । पुराना स्क्रयाब गरेको नम्बर प्लेट किनेर ट्याक्सीमा दर्ता गर्छन् । अनि अर्को बीस वर्ष पनि आफै व्यवसायी गर्छन् । नयाँ व्यवसायी भित्रिन दिदैनन् । 

तपाईँको मत