स्वास्थ्य

नमूना परीक्षण ८ हजार ७७, कोरोनाका नयाँ संक्रमित ३९१, डिस्चार्ज ६८०

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनाको परीक्षण गर्दा नयाँ ३९१ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ५ हजार ३७ र एन्टिजेनबाट ९३ हजार ३६२ पुगेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ६८० छन् । जुन ९७.०७ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ८१ हजार ४५६ पुगेको छ ।

अहिले २९९ संक्रमित आइसियू र ९८ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या ११ हजार २७८ र १ हजार १९ जना संस्थागत आइसोलेशनमा छन् । 

देशमा सक्रिय संक्रमितको संख्या १२ हजार २९७ छ ।

पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६९ हजार १५९ पुगेको छ । पछिल्लो दिन कसैले खोप लगाएका छैनन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १८.६ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३८०.३ रहेको छ ।

अहिले ५ जिल्लामा ५०० बढी संक्रमण र १८ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत