अर्थतन्त्र

शिवम् सिमेन्ट्सका सेयरधनी मालामाल

काठमाडौँ । शिवम् सिमेन्ट्सको यस वर्षको लाभांश हालसम्मकै उच्च रहेको छ । यहि भएर यसका सेयरधनी मालामाल हुने भएका हुन् ।

२०७५ साल फागुन २२ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले सोही वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गरेको थियो । २०७४/ ७५ देखिको लाभांश इतिहासमा यस वर्ष कम्पनीले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ ।

आईपीओ खरीद गरेको पहिलो वर्ष १५ दशमलव ७८ प्रतिशत करसमेत नगद लाभांश प्राप्त गरेको कम्पनीका शेयरधनीहरुले यस वर्ष करसमेत २९ प्रतिशत नगद लाभांश पाउने भएका हुन् ।

विगत चार वर्षदेखि कम्पनीले निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको छ । गत वर्ष करसमेत २४ दशमलव २१ प्रतिशत र अघिल्लो वर्ष करसमेत १५ दशमलव ७८ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत