गाउँ सहर

दशैंः यात्रु ठगिएको सर्वत्र गुनासो, न सुनाई - न कारबाही 

  • अनुशा थापा
  • २९ असोज शुक्रबार, २०७८ | २०:२५:०० मा प्रकाशित

काठमाडाैँ । आज अर्थात विजया दशमीको टीका लगाउने दिन । आआफ्नो आफन्तजनका टीका लगाउनको बिहानै देखि सर्वसाधारणहरु ट्याक्सी खोजिरहेका थिए । उपत्यकाका चोकचोकमा पहिलेजस्तो ट्याक्सी यात्रु पर्खेर बसेको देखिँदैनथ्यो । ट्याक्सी नपाएर आफ्नो गन्तब्य स्थल पुग्न ट्याक्सी कुरेर बसेको पनि यत्तिकै थिए ।

टीका लगाउने जाने हरेकको हातमा झोला झुन्डिरहेको थियो । कतिले त आफ्नो ससाना बालबच्चा समेत च्यापिरहेको थिए । भक्तपुरको सुर्यविनायकमा बिहान एउटा पनि ट्याक्सी थिएनन् । भक्तपुरको सुर्यविनायक बस्ने कृष्ण महर्जन टीका लगाउनको लागि मैतीदेवी जान ट्याक्सी खोज्दै थिए ।

साथै उनीसंग उनका श्रीमती र तीन जना छोराछोरी पनि थिए । उनी हिँड्न नपरोस् भनेर ट्याक्सी पर्खेर बसेका थिए । उनले बल्लबल्ल एउटा ट्याक्सी पाए । एउटा ट्याक्सी आउँदा तीन जना ट्याक्सीतिर हुइँकिए । ट्याक्सी चालकले सुर्यविनायकबाट मैतीदेवी जान सिधै दुई हजार मागे ।

दुई हजार बढी भयो मिटरमा जाउ भनेर महर्जनले ट्याक्सी चालकलाई फकाउन अनेकौँ कोसिस गरे । मिटरमा हिँड्न ट्याक्सी चालक तयार भएनन् । महर्जनले ट्याक्सीको विरोधमा उजुरी गर्न ट्रफिक खोजे । उनी ट्राफ्रिक बोलाउन गएका मात्र थिए । 

अर्को यात्रु हजार रुपियाँ तिरेर बालकोट गइहाले । ट्राफ्रिक आउँदासम्म त ट्याक्सीको चालक भागिसकेको महर्जनले बताए । उनले ट्याक्सीको नम्बरसमेत टिप्न भ्याएनन् । सुर्यविनायकबाट मैतीदेवी कति किमि होला । बढीमा नौ किमि होला ।

आज ट्याक्सीलाई यात्रु बोकेर फुर्सद छैन् । ट्याक्सी चालकहरु आज मालामाल भएको छन् । अरु दिनभन्दा आज कमाइ राम्रो भएको एकजना ट्याक्सी चालक बताउँछन् । ति ट्याक्सी चालकले बिहान ६ बजेदेखि मध्यान्ह ४ बजेसम्म आठ हजार कमाएको जानकारी दिए ।

ति ट्याक्सी चालकले हमज गरेर त्यत्रो पैसा कमाएको प्रष्ट देखिन्छ । ट्याक्सी चालकहरुले आफ्नो निजी सम्पत्ति हो भन्दै मिटरमा यात्रु नबोकेको सर्वसाधारण हरुको ठम्याई छ ।

ट्रफिक महाशाखाले पनि आज अनुगमनमा खासै चासो दिइएको छैनन् । ट्याक्सी चालकले पनि आफ्नो मनलागि भाडा यात्रुसंग उठाएको छन् । ट्याक्सीमा भएको मिटर त देखाउनको लागि मात्र राखेको जस्तो देखिन्छ । चाडबाडको मौका छोपेर ट्याक्सी चालकले आज आफ्नो मनमर्जी चलाएका छन् ।

फितलो अनुगमनको कारण पनि आज ट्याक्सी चालकले आफ्नो दादागिरी देखाएको सर्वसाधारण बताउछन् । दशैंभरी यातायात व्यवस्था विभाग र ट्रफिक महाशाखाले रद्दीभर पनि अनुगमन गरेनन् । के सरकारले पनि चाडबाड भनेर ट्याक्सी व्यवसायीलाई छाडा छोडेको हो ?

सरकारले ट्याक्सी व्यवसाीलाई तिमीहरु जनता ठग भनेर यसरी आफ्नो मर्जी चलाउन दिएको हुन् । चाडबाडको बेलामा जनता झन् ठगिन्छन् । यस्तो बेलामा अनुगमनमा झन् तीव्रता दिनुपर्ने होइन् र ? टीकाको दिन ट्याक्सी चढ्ने यात्रु धेरै ठगिएका छन् ।

आज ट्याक्सी चालकले जति माग्यो यात्रुले त्यति नै तिरेर यात्रा गरेको छन् । यात्रु अरु बेला पनि ठगिएका थिए तर आज अलिबढी ठगिए । चाडबाडको बेलामा पनि ट्याक्सी व्यवसायीले जनता ठग्न छाडेनन् । सबैलाई टीका लगाउन जानपर्छ भन्ने स्थितिलाई मध्यनजर गरेर ट्याक्सी व्यवसायी यात्रु ठग्नतर्फ उर्लिए ।

अब केही दिनमा दशैं मान्न आफ्नो घर गएकाहरु उपत्यका फर्किन्छन् । उनीहरुलाई आफ्नो कोठा फर्किन पनि ट्याक्सीको आवश्यकता पर्छ । ट्याक्सी व्यवसायीहरुले उनीहरूलाई पनि ठग्छन् । ट्याक्सी व्यवसायीले मिटरमा यात्रु बोक्दैन् जनता ठग्छन् ।

ट्याक्सी व्यवसायीदेखि जनता एकदमै पीडित भइसकेको छन् । तर सरकार अझै पनि पीडित भइसकेको छैन् । किन कि यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले सरकारबाट केही पाएको छ त्यसैले पीडित भएको छैन् । यता, जनता भने ट्याक्सी व्यवसायीसंग गलफत्ती गर्दागर्दै थाकिसकेको छन् ।

तर यसमा पनि यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयको गल्ती छ । यि दुई निकाय नयाँ ट्याक्सीको दर्ता पनि खोल्न तयार छैन् । यता जनतालाई सेवा नदिने ट्याक्सी व्यवसायीलार्य कारबाही गर्न सक्ने आँट यिनीहरुमा छैन् । ट्याक्सी व्यवसायीहरु खुल्ला रुपमा लेबी उठाएर महासंघका नेताहरुलाई नयाँ ट्याक्सीको दर्ता रोक्न दिएको छौ ।

महासंघका नेताहरुले त्यो लेबी सरकारका केही सम्बन्धित व्यक्तिहरुलाई दिने गरेको उनीहरुको भनाइ छ । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दा अहिले भएको ट्याक्सी व्यवसायीलाई घाटा लाग्ने भएर उनीहरुले सरकारलाई आफ्नो हाता लिएका छन् ।

नयाँ ट्याक्सीको दर्ता खोल्दा अहिले भएको ट्याक्सीको मूल्य घट्छ । अर्कोतिर अहिले सञ्चालनमा रहेको ट्याक्सीको दैनिक आम्दानी पनि घट्छ । उपत्यकामा एक करोडको आसपासमा जनसंख्या बसोबास गर्छन् । विदेशी र स्वदेशीले ट्याक्सी चढ्छन् ।

मर्दा र पर्दा नै ट्याक्सी चाहिन्छ । किन कि सार्वजनिक यातायातको भर नै हुँदैन् । यत्रो जनसंख्या भएको ठाउँमा ट्याक्सीको जम्मा संख्या छ नौ हजार । ट्याक्सीमा करिब तिन दशकदेखि सिण्डिकेट कायमै छ । ट्याक्सी व्यवसायीहरु जसरी हुन्छ नयाँ ट्याक्सीको दर्ता रोक्ने तयारीमा बसेको छन् ।

आफू त जनतालाई सेवा दिन तयार छैनन् । पैसा भने आफ्नो हिसाबले लिएको छन् तर सेवासुविधा भने शुन्य छ । पैसा तिरे अनुसारको फ्यासिलटी पनि हुनुपप्यो । महँगो भाडा लिएर जनता ठगेको छन् अनि तिनीहरुलाई यसले पनि अपुग भएको छ ।  अहिले भएको भाडाभन्दा सस्तोमा ट्याक्सी किनेर चलाउँछु । राज्यलाई राजस्व तिर्छु । आफ्नै देशमा स्वरोजगार बन्छु ।

मिटरमा यात्रु बोक्छु । प्रत्येक किमि २५ मा यात्रुलाई यात्रा गराउँछु भन्दा पनि जनताले पाएको छैनन् । कारण के भन्दा ट्याक्सी व्यवसायी र यातायात व्यवस्था विभागको गहिरो सम्बन्ध ।

अहिले यात्रु ट्याक्सीमा गएर चढ्ने बित्तिकै चौध रुपियाँ तिर्नुपर्छ । न त ट्याक्सी पेट्रेल खर्च भएको हुन्छ न त कुनै सेवाको भागिदार यात्रु भएका हुन्छन् । ट्याक्सी व्यवसायीको ठगी र दादागिरीमा जनताले पनि आवाज उठाउने हो कि ?

तपाईँको मत