स्वास्थ्य

२१ करोड ७२ लाख २४ हजार बढीले हराए कोरोना, नेपालमा अब १४ हजार २६७ सक्रिय संक्रमित

काठमाडौँ । विश्वमा कोरोनाले २३ करोड ९९ लाख बढी संक्रमित, रोग जित्ने २१ करोड ७२ लाख माथि पुगेको छ । तर ४८ लाख ८८ हजार ७४३ जनाले भने ज्यान गुमाएका छन् ।

इन्फोका अनुसार सक्रिय संक्रमितमध्ये ८० हजार ६५३ को अवस्था एकदमै गम्भीर छ । जुन ०.५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ७ हजार ५०६ जनाको मृत्यु भएको छ । ४ लाख ४० हजार ५३५ नयाँ संक्रमित थपिएका छन् भने ४ लाख ३१ हजार ८४८ निको भएका छन् ।

कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९४ जनाको परीक्षण गर्दा नयाँ ३६५ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ३ हजार ८७८ र एन्टिजेनबाट ९३ हजार २५६ पुगेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ६०९ छन् । जुन ९६.८ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७८ हजार ३५० पुगेको छ ।

अहिले ३१५ संक्रमित आइसियू र १०७ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १३ हजार १७२ र १ हजार ९५ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर डटकमलाई प्राप्त तथ्यांकनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार २६७ छ ।

पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६८ हजार ८९० पुगेको छ । पछिल्लो समय २ हजार २७५ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७९.५ रहेको छ ।

अहिले ७ जिल्लामा ५०० बढी संक्रमण र १७ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता