गाउँ सहर

मन्दिर वरिपरि मागेर खानेहरूतिर सरकारको ध्यान गएन, उनीहरूलाई दशैं नआएको हो र ? 

भक्तपुर ।  विजयादशमी छाइसकेको छ । घटनास्थापना लागेसंगै दशैंको आगमन भएको हो । घटनास्थापनाको दिन बिहीबार हामीले विभिन्न मन्दिरहरुको घुइँचाे देख्यौँ । हनुमान ढोकास्थित नासल चोकमा जमरा राख्दै गरेका नेपाल आर्मीको मेजर असिम श्रेष्ठ पनि देखापरे ।

यता, बडादशैंको पहिलो दिन भन्दै देशभरका शक्तिपीठहरुमा निकै भीड देखियो । उपत्यकामा मात्रै नभई देशभरिका मन्दिरमा जमरा राखियो । कालिका मन्दिरमा त जौ र मकैको जमरा राख्नको लागि भक्तजनहरुको घटनास्थापनामा निकै भीड थियो ।

घटनास्थापनाको दश दिनमा दशमी हुन्छ । दशमीको दिन घरघरमा जमरा चाहिन्छ । टीका र जमराको प्रयोग गरि दशैं मनाइन्छ । घटनास्थापनामा दर्शन गर्न जानुको महत्व नै अर्कै हुन्छ । हिन्दु धर्मालम्बीहरुमा दशैंको छुट्टै महत्व र महिमा छ । महिमाको कारण पनि मन्दिरमा चर्को भीड देखियो ।

हामी भगवानप्रति आस्था राख्छौ । जुन राख्नु पनि जरुरी छ । हरेक मान्छे कुनै न कुनै धर्मसंग जोडिएको हुन्छ । हामी भगवानसंग जोडिएका मात्रै छैनौ । भगवानप्रति आशावादी पनि छौं । भगवानलाई मानौं भने आफ्नो इच्छा पुरा हुन्छ भन्ने विश्वास हामीमा छ ।

आफ्नो इच्छा पुरा गर्न पनि हामी भगवानको गाना गाउँछौ । हामी कति सामन्ती, लाेभी छौँ । यहीबाट पत्ता लगाउन सक्छौँ । अरु बेलाभन्दा पनि आफूलाई आवश्यक परेको र चाडपर्व आएको बेला आमी भगवानको नाम जप्छौँ । मानिस भनेको सबैभन्दा लोभी जातका प्राणी हौँ ।

अरु प्राणीलाई एक पेट खाँदा भएको छ तर मानिसलाई त्यतिले पुग्दैन् । अरुले मेलैभन्दा धेरै गर्छ भनि हामी जहिलेपनि डराइरहेको हुन्छौँ । अझ मेरो यो कुरा पुरा भयो भने म यो गर्छु भनेर भाकल राखेको हुन्छौँ । विश्वास राख्दा कतिको भाकल पुरा पनि होला ।

तर समय र परिस्थितिलाई पनि हेर्नुपर्छ । बोका, राँगा, कुखुरा लिएर बलि चढाउन जाने बेला हो यो ? गाडीमा खसीबोका लिएर बलि उपत्यका बाहिरको मन्दिर जाने संख्या ह्वात्तै बढेको छ । उनीहरुको कोरोना परीक्षणसम्म भएको छैन् । यस्तोमा कोरोना फैलिने डर निकै बढेको छ ।

नेपालभरि रहेको मन्दिरहरु सबै पौराणिक कालका हुन् । राजा हुदाँखेरि बनाएको मन्दिरहरु छन् । मन्दिरभित्र एउटा हात धुने ठाँउको व्यवस्थासमेत छैनन् । शौचालयको पनि व्यवस्था गरिएको छैन् । मन्दिरको दाँयाबाया, बिचमा आफ्नो मर्जी अनुसार लाइन बसेको छन् ।

मन्दिरमा दैनिक हजारौं भक्तजनहरुको आवतजावत हुन्छ । कसैको मन्दिर छेउछाउ मागेर खाने आमाबुवा र भाइबहिनी तिर आँखा गएको छ । अरुको त कुरा छोड्दिउँ राजनितिक दलहरु पनि त मन्दिर भ्रमणमा जान्छन् । के तिनीहरुले यसरी मागेको खाएको देखेका छैनन् ।

दशैं एउटाको मात्र चाड होइन् । तर उनीहरुलाई चाहि दशैं किन आएन् ? के उनीहरु मान्छे होइनन् । हामी नेपालीहरुको बानी यति गएगुज्रिएको छ भनेर साध्य पनि छैन् । कुनै बाटोमा मागेर खानेलाई पाँच रुपियाँ दिनप-याे भने हाम्रो दाँतबाट पसिना आँउछ ।

तर जसले खान सक्दैन् उसको अगाडि लगेर दुध, दही र फलफुल पोख्छौं । जसलाई हामीले भगवान भनेर पूजा गरिरहेको छौँ त्यो त ढुङ्गा त हो । आस्था राख्न त मन छदैंछ । त्यहाँ लगेर फोगट्टे पोख्ने दुध, दही खान दिएको भए कसैको सास बच्थ्यो । 

तर नेपालीमा त्यति सोच्न सक्ने दिमाग छैन् । हामी हिजो पनि शैलिको पछाडि दौडेका थियौँ । भोलि पनि हाम्रो गति त्यही नै हो । गरिबको अगाडि पर्न हामीलाई लाज लाग्छ । हाम्रो इज्जत जान्छ जस्तो व्यवहार देखाउँछौ । सरकारले पनि यसरी मन्दिरमा मागेर खानेहरुलाई खान, बस्नको व्यवस्था मिलाउनुपर्ने हो ।

अझै मागेर बसेका वालवालिकालाई त शिक्षाको व्यवस्थासम्म मिलाउनुपर्ने हो । किनकि उनीहरु नै भोलिका कर्णधार हुन् । देशको लागि उनीहरुको ठुलो योगदान पुग्छ । तर देशको राष्ट्र्पति र प्रधानमन्त्रीसंग त्यति सोच्न फुर्सद नै छैन् । दिनभरि त व्यापारी र पैसावालको अघिपछि गर्दै ठिक्क हुन्छ ।

देशको हरेक निर्णय गर्ने अधिकार राजनीतिक दलको हातमा छ । देशको नियम कानुनको डोरो नै यिनीहरुले समाएको छन् । तर यिनीहरुसंग काम गर्न सक्ने क्षमता र भिजन छैन् । यिनीहरु कसरी जनतालाई दुःख दिन पाइन्छ र व्यापारीसंग कमिशन लिन पाइन्छ भन्ने विषयमा मात्र ज्ञान छ ।

बाटोमा मागेर खाने कति अपांग भएका समेत छन् । मन्दिर जाने भ-याङ्गमा यस्ता थुप्रै दृश्य देख्न सकिन्छ । उनीहरु मर्नेदिन पर्खेर बसेको छन् । यस्तोलाई सहयोग गरेमा मात्रै धर्म हुने हो । भगवानको अगाडि करोडौँको सामान लगेर चढाउँदा धर्म हुन्छ भनेर सोच्नु नै गलत हो ।

मागेर खान कसैलाई रहर लाग्दैन् । मागेर खान हामीलाई लाज लाग्छ भने उनीहरुलाई लाग्दैन् होला । मागेर खानु बाध्यता हो । जसलाई नेपाल सरकारले रहरको रुपमा हेरेको छ । प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्र्पतिले जनताले तिरेको करबाट आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडे ।

तर जनताको बारेमा कहिल्यै सोचेनन् । यस्ता प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्र्पतिलाई नेपाली जनताले धिक्कारछन् । मागेर खाने नेपाली जनताको आत्मा रोइरहेको छ । राजनितिक दलहरु मन्दिर जाने बेला मन्दिर वरिपरि मागेर खानेलाई उनीहरुको सुरक्षाकर्मीले लखेट्छन् ।

नेपालमा अधिकांशले हिन्दू धर्मको पालना गर्छन् । व्रत, पूजाआजामा विश्वास राख्छौँ । हामीले मागेको कुरा सबै पुरा होस् भनेर भगवानलाई प्रार्थना गर्छाैँ । भगवानले सुनेर पुरा गरिदिएका पनि होलान् । तर ती मागेर खानेको इच्छा किन पुरा भएनन् । 

उनीहरुको इच्छा सानो छ । पेटभरि खान पाउ र सुत्नलाई छत पाउ भन्ने त हामीले पनि पुरा गर्न सक्थ्यौँ । तर नेपालीहरु त्यति सोचविचार गर्ने खालका छैनन् । मागेर खानेहरुले राज्यबाट पाउनुपर्ने कुनै पनि सेवासुविधा पाएका छैनन् । भगवानलाई माग्ने अनि खुट्टा पसारेर बस्ने नेपालीहरुको काम हो ।

जो मान्छे इमान्दार छ, जसले मिहिनेत गर्छ । पसिना बगाउँछ, रातदिन नभनि काममा खट्छ उसलाई भगवानको आवश्यकता पर्दैन् । तर काम नगर्ने , अल्छिहरु भगवानको अगाडि जान्छन्, आफ्नो भएजतिको इच्छाचाहना परिपूर्तिको लागि प्रार्थना गर्छन् ।

अनि हजारौँको सामान फोगट्टे खेर फालेर आउँछन् । त्यस्तालाई म भगवानप्रति आस्था राख्छु भन्दै ठिक्क हुन्छ । तैमाथि पनि दशैं सुरु भइसकेको छ । देशभरका मन्दिरमा भक्तजनहरुको भीड ह्वात्तै बढेको छ । पूजा गर्नलाई ४ घण्टासम्म लाइन बस्नु परेको भक्तजनको भनाइ छ ।

रातिदेखि आएर लाइन बसेको भन्ने पनि यत्तिकै छन् । कुनै पनि मन्दिर व्यवस्थापन समितिले कोरोनाको परिस्थितिलाई नियालेर व्यवस्थापन मिलाउन सकेको छैन् । न त मन्दिरहरुमा स्वास्थ्य मापदण्डको पालना नै भएको छ । पूजा गर्न आउनेहरुले मुखमा मास्क समेत लगाएको छैनन् । यसले गर्दा कोरोना फैलन सक्ने सम्भावना बढेको छ ।

जिल्ला प्रमुख अधिकारीहरुले पनि कोरोनाको जोखिमलाई वेवास्ता गरिरहेको प्रष्टै देखिन्छ । पूजाआजा गर्ने भन्दै दिनौँ हजारौं सर्वसाधारण उपत्यका बाहिर गएका छन् । उनीहरुको कोरोना परीक्षणसमेत भएको छैन् । उपत्यका भित्रिनेको पनि कोरोना परीक्षण भएको छैन् ।

सर्वसाधारणहरुले पनि कोरोना हटिसक्यो भन्दै लापरबाही गरेर प्रष्टै देखिन्छ । कति बुढाबुढी र बालबच्चा बोकेर मन्दिरमा पूजा गर्न आएका छन् । तर यो कोरोनाले बालबच्चा पनि भन्दैन । स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालयले मठमन्दिर खुला गरेर कोरोना फैलाउने काम ग-याे ।

पर्यटन मन्त्रालय र गृह मन्त्रालयले मापदण्ड बनाएर मठमन्दिर खुला गरेको थियो । तर मापदण्ड बनाउने काम मात्र भयो अनुगमन भएन् । जनताले पनि अटेर गरे ।  स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न कुनैपनि कदम चालेको छैन् ।

सरकारले कोरोना नियन्त्रणको लागि छुट्याएको बजेट व्यापारीसंग सामान किन्दै कमिशन खाँदै ठिक्क छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा परिवर्तन आएको छैन् । सरकारले पनि कोरोना परीक्षण गर्न छोडिसकेको छ । दशैंको बेलामा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नुस भनेर एउटा सूचनासमेत निकालेको छैन् । गृह मन्त्रालयले व्यापारीहरुसंग पैसा खाँदै अनुगमन गर्न छोड्यो । जसबाट कोरोना फैलिने र भोकाहरु मर्ने निश्चित छ ।

तपाईँको मत