गाउँ सहर

नेशनल लाइफ इन्स्योरेन्सद्वारा चाडपर्वकाे शुभकामना आदान-प्रदान

काठमाडाैँ । नेशनल लाइफ इन्स्योरेन्स कं. लि. काठमाण्डौ शाखाको तत्वावधानमा संयोजक द्वय चिफ बिजनेश अफिसर रबिन्द्र राज श्रेष्ठ एवं बरिष्ठ व्यवसाय प्रबन्घक दिपक श्रेष्ठले एक विशेष कार्यक्रमको आयोजना गरि विजया दशमी, दीपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान-प्रदान तथा व्यवसाय अभिवृद्धि कार्यक्रमको आयोजना गरियो ।

काठमाडौँ शाखा प्रमुख जयराम धिताल एवं संयोजक द्वय रबिन्द्र राज श्रेष्ठ तथा दिपक श्रेष्ठले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

रबिन्द्र राज श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेकाे उक्त कार्यक्रममा अर्का संयोजक दीपक श्रेष्ठले शुभकामना कार्ड वितरण गर्नुका साथै अभिकर्ताहरुलाइ फूल माला एवं खादा वितरण गरिएको थियो । साथै कम्पनीको वार्षिक लक्षका साथै इन्सेन्टिभ एवं बजारमा अत्याधिक रुचाइएको अमृत बीमा योजनाको बारेमा पनि चर्चा गरिएको थियो ।

काठमाण्डौ शाखा प्रमुख जयराम धितालले कार्यक्रममा बोल्दै बीमको दरिलो पिल्लर एवं बीमा क्षेत्रको राजदुत मानिने अभिकर्ताहरुको व्यवसाय अभिवृद्धिलाई उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यस्ता कार्यक्रमले अभिकर्ताको क्षमतावृद्धिमा महत्वपूर्ण भूमिका निभाउने विश्वास ब्यक्त गरे ।

उक्त कार्यक्रममा कम्पनीलाइ उत्कृष्ट व्यवसाय प्रदान गर्ने ७ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो  । सम्मानित हुनुहुने अभिकर्ताहरु सातौं नम्बरबाट प्रथम स्थान हासिल गर्नुहुने अभिकर्ताहरु क्रमशः डा. गृष्मा प्रधान, देवराज श्रेष्ठ, सुमेश रत्न तुलाधर , विकाश अधिकारी, डा. पूर्ण रत्न शाक्य , कृष्णेश्वरी हाछेँथु श्रेष्ठ र छोटो समयमा सर्वोत्कृष्ट व्यवसाय ५२,३२,६११/- बीमाशुल्क संकलन गरि सर्वोत्कृष्ट हुनु भएको सह-संयोजक दीपक शेष्ठलाई पुरस्कार वितरण एवं कार्यक्रममा सम्मान गरिएको थियो ।

समाजमा छरिएर रहेको पूँजीलाइ एकत्रित गरि राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सघाउ पुर्याउने बीमा क्षेत्र वास्तविक रुपमा समाजसेवाको दोस्रो नाम हो भन्दै सहायक क्षेत्रीय प्रबन्धक सुमोद थापाले समापन मन्तब्य राखेका थिए । यस्तै जयराम बिडारीले कार्यक्रमको संचालन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत