मुक्तिनाथ रेमिटको भुक्तानी आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट
- गाउँ सहर संवाददाता
- २२ असोज शुक्रबार, २०७८ | १३:२४:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ ।
मुक्तिनाथ विकास बैंक लि र आई सि एफ सि फाईनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट यस बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवाको झुक्तानी आई सि एफ सि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ ।
मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि भुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस