स्वास्थ्य

कोरोनाभाइरसका नयाँ संक्रमित ८०५, निको हुने प्रतिशत ९६.६, पूर्ण खोप लगाउने ६४ लाख माथि

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ ८०५ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख २८२ र एन्टिजेनबाट ९२ हजार ७९० पुगेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ९११ छन् । योसहित कुल निको हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ ।

अहिले ३२९ संक्रमित आइसियू र ११२ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १४ हजार ७२८ र १ हजार २१४ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।

पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ३० हजार ४३१ पुगेको छ । पछिल्लो समय ५७ हजार १५८ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसा संक्रमण दर १८.८ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७७.५ रहेको छ ।

अहिले ८ जिल्लामा ५०० बढी संक्रमण र २० जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत