अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर तीन वर्ष यताकै उच्च

  • एजेन्सी
  • २० असोज बुधबार, २०७८ | ०५:२७:०० मा प्रकाशित
गेट्टी इमेज ।

बेलायत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर तीन वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ ।

तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह अर्थात् ओपेक प्लसले तेलको उत्पादन वृद्धिको योजना यथावत् रहने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मंगलवार तेलको भाउ बढेको हो ।

विद्यमान दैनिक ५८ लाख ब्यारेलको उत्पादन कटौती हटाउँदै लैजान कम्तिमा सन् २०२२ को अप्रिलसम्ममा हरेक महीना तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलका दरले बढाउँदै लैजानेमा गत जुलाईमा ओपेक प्लसले सहमति गरेका थिए ।

मंगलवार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ : ४१ बजे लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ५ प्रतिशतले बढेर ८३ डलर ११ सेन्टमा पुगेको थियो ।

सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १ दशमलव २७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७८ डलर ५९ सेन्टमा पुगेको थियो ।

सोमवार ब्रेन्ट क्रुड र डब्ल्यूटीआई दुबैको भाउ क्रमशः २ दशमलव ५ प्रतिशत र २ दशमलव ३ प्रतिशत बढेका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।

एजेन्सी

तपाईँको मत