प्रेरणा

गलत मानिसहरूकाे संगत नगर्नुहाेस्, अन्यथा राम्रापनि नराम्रो काम गर्न थाल्दछन्

श्री रामको राज्याभिषेक अयोध्या दरबारमा हुन लागेको थियो । सबै तयारी पूरा भइसकेको थियो । कैकेयी सधैं राजा दशरथलाई भन्थिन् कि रामलाई ताज लगाउनु पर्छ । कैकेयीको वास्तविक छोरा भरत थिए, तर उनी रामलाई धेरै माया गर्थिन् ।

अयोध्यामा मन्थरा नामकी एक नोकरनी थिइन् । उनी कैकेयी संगै उनको मायाले दाइजोमा आएकी थिइन् । देवी सरस्वतीले मन्थराको बुद्धिलाई बदलिन् । मन्थरा पहिलेबाटै कुटिल थिइन् ।

मन्थरा कैकेयीकाेमा जान्छिन र भन्छिन्, 'रामको राज्याभिषेक हुन लागेको छ ।'

कैकेयी उनलाई खुसी हुँदै भन्छिन्, 'तिमी के इनाम चाहन्छाै, तिमीले आज मलाई मेरो मनकाे कुरा बतायाै । म आज राम राजा बन्ने कुरामा धेरै खुसी छु ।'

मन्थरा कैकेयीको दिमाग घुमाउन आएकी थिइन्, यहाँ कैकेयी रामको स्तुति गर्दैछिन्, तर मन्थरा जस्ता मानिसहरु कहिल्यै थकित हुँदैनन् । मन्थराले पहिले केहि तर्क दिइन्, तर कैकेयीले सबै कुरा अस्वीकार गरिन् ।

मन्थरालाई थाहा थियो कि कैकेयी जेल जान धेरै डराउँछिन्, जेल उनको भित्री डर हो । मन्थराले यसको फाइदा उठाइन् । मन्थरा जस्ता मानिसहरू अरुको कमजोरीको फाइदा लिन धेरै राम्ररी जान्दछन् ।

मन्थराले भनिन्, 'यदि राम राजा भए, राम र कौशल्याले तिमीलाई जेल पठाउनेछन् ।'

यो सुनेर कैकेयी डराइन र सोध्न थालिन्, 'मलाई भन म के गरूँ ?'

मन्थरा भन्छिन्, 'जो राजा बनेपनि मलाई के मतलब छ ? राजा आफैंलाई निष्पक्ष र असल बताउँछन् । '

केही समय पहिले मन्थरालाई थप्पड हानेकी कैकेयीले रामको आलोचना गरेकोमा उही कैकेयीले अब सोध्छिन्, 'अब म के गरुँ ?'

मन्थराले भनिन्, 'रामको निर्वासन र भरतको राज्य ।'

मन्थरा एक वृत्तिको नाम हो । जब मन्थरा जस्तै प्रवृत्ति हामी भित्र आउँछ, तब हामी हाम्रो आफ्नै घर भत्काउने काम गर्छौं ।

गाउँ सहर डेस्क

तपाईँको मत