अर्थतन्त्र

दशैँ अगाडि जमेन सेयर बजार, ६ दशमलव ६८ अंकले साेमबारपनि घट्याे

काठमाडाैँ । साेमबार पनि सेयर बजारले उत्साह लिन सकेन । बजार ६.६८ अंकले घट्याे । दशैँ अघि बजार बढ्छ भन्ने अनुमान गरेका लगानीकर्तामा खुसी देखिएन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ३ अर्ब ६२ कराेड ७७ लाख ९९ हजार ९३५ रूपैयाँकाे काराेबार भएकाे छ भने नेप्से इन्डेक्स २ हजार ५७०.८१ पुगेकाे छ । आइतबार ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेयरमूल्य बढ्ने कम्पनीहरुमा आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

नेप्सेका अनुसार आज मनकामना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।  त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत