सेवा

६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा रक्तदान कार्यक्रम साथै वृक्षाराेपण

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा वृक्षारोपण । तस्बिरः नेपाल प्रहरी

काठमाडौँ । ६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा बसन्तपुर डबलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना महिला र १ सय ३३ जना पुरुष गरी जम्मा १ सय ६४ जना महानुभावहरुले रक्तदान गरेका थिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, प्रहरी अधिकृत, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत आम नागरिकको सहभागिता रहेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र लैङ्गिक हिंसा नियन्त्रण संजाल जिल्ला समिति काठमाडौँको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत