वातावरण

यस वर्षको मनसुन बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने

काठमाडाैँ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभागले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन प्रकाशन गरेकाे छ ।

उसका अनुसार नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको छ । यस अवस्थामा, यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ ।

विभागका अनुसार हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको  प्रभावका कारण देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यस प्रणालीका कारण शनिबार र आईतबार देशका केहि स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति र आईतबार दिउँसो प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै आईतबार दिउँसो प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत