दृष्‍टिकोण

अध्यक्ष ओलीको शैलीः एमालेभित्रै मनपराएका छन् ?

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राणा शासन अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीको 'निर्णायक' र 'हस्तक्षेपकारी' भूमिका रहेको बताएका छन् । ललितपुरको गोदावरीमा शुक्रवारदेखि सुरु भएको उक्त पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । उनकाे भनाइमा नेपालका राजनीतिक परिवर्तनहरूमा एमाले बन्नु अघिको उसको माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीदेखि अहिलेको एमालेको निकै प्रभावकारी भूमिका रहेको छ ।

उनले अधिकांश समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँगै सभामुख अग्नीप्रसाद सापकोटाको आलोचनामा विताए । यो विधान महाधिवेशनमा मात्र होइन उनी हरेक कार्यक्रममा उनीहरूको विरोधमा लगातार लागिनैरहेका छन् । उनी पटकपटक विर्सिरहेका छन् आक्षेप लगाउँदा धेरै औँला आफूतिर फर्किरहेको भन्ने । उनको शैलीले केहीलाई राहत दिएपनि अधिकांश, त्यसमा पनि एमालेभित्रमै चिटचिट बनाएको देखिन्छ । भन्नमात्र नसकेका हुन् । किनकी उनले जब्बरजस्त साइड लगाइदिन्छन् भन्ने डर छ । विधान महाधिवेशनकाे शैली र खर्चलाई लिएरपनि उनीलगायत एमालेकाे चाैतर्फी चर्काे आलाेचना भइरहकेकाे छ ।

ओलीको प्रतिवेदनमा अहिले पार्टी फुटे पनि "आगामी दिनमा पनि कम्युनिस्ट एकताका लागि पहल कायम राख्ने" उल्लेख छ । त्यस्तै समाजवाद पार्टीको रणनीतिक लक्ष्य भएकाले त्यसकै बाटोमा पार्टी लागेको उक्त प्रतिवेदनमा उल्लेख छ । ओलीको प्रतिवेदनमा एमाले र माओवादीको एकीकरण ऐतिहासिक परिघटना भएको उल्लेख छ भने एमाले "कम्युनिस्ट पार्टीको विरासत बोकेको" पार्टी भएको पनि उल्लेख छ । ओलीको प्रतिवेदनमा मधेसवादी दलका नेतामाथि पनि वैदेशिक हस्तक्षेप माग गरेको गम्भीर आरोप लगाइएको छ । त्यस्तै कांग्रेसले भारतीय नाकाबन्दीलाई 'नाकाबन्दी पनि भन्न नसकेको' उल्लेख गरिएको छ । ओलीको प्रतिवेदनमा आफू प्रधानमन्त्री हुँदा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गर्नेदेखि देशमा परिवर्तन ल्याउन खालका विकास निर्माणका काम भएको दाबी पनि गरिएको छ । यस्तै ओलीले आफ्नो प्रतिवेदनमा गत वर्ष पुसमा संसद् विघटन गरिएपछि नेपालमा अदालत नै राजनीतिको शक्तिकेन्द्र जस्तो बनेको आरोप पनि लगाएका छन् । महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।

दुइदुई पटक संसद विघटन र सरकारबाट बाहिरिएको रिसले लगातारको सदन विरोधले उनी गलेका छैनन् अझै अहम पालेर हिँडेका उनी सर्वदलीय बैठकमा कुरा गर्नसम्म जाने गरेका छैनन भने उनी नै अरुलाई आरोप लगाउँदै हिँडेका छन् । उनी पपुलिष्ट बन्ने रहरमा छन अझै । जनताको मतलाई उनैको अहमले आफैँ स्खलित भएको विर्सेका छन् तर अनेक कार्यक्रमको तामझाम गर्न छाडेका छैनन् । यसले व्यक्तिपूजा भएको देख्दैनन् उनी । उल्टो गर्व गर्दै हिँडेका छन् । माथिदेखि तलसम्मका कार्यकर्ता यहि कुरामा परिचालित छन् । सहि नभएपनि सँगै हिँडेका छन् ।

पछिल्ला घटनाक्रमले गर्दा एमाले देखिँदा ठूलो देखिएपनि राजनीतिक रूपमा नराम्ररी चुकेको देखिएको छ । समर्थन उसले फाइदा दिलाएकाले मात्रै गरेका छन् तर विरोध जताततै भएपनि उनी र दल मान्ने पक्षमा छैन । जनताको अभिमतलाई निकास दिनुको सट्टा देशलाई झनै अस्थिर बनाउने कार्यमा एमाले गएको उनीहरूले बताउँदै आएका छन् । यसरी हेर्दा खर्चबढाइँमा व्यस्त एमालेले भन्नचाहिँ विरोधीको शब्द भन्ला तर धरातलमा उ स्खलित भइसकेको बताइन्छ । तर अझैपनि उ स्वीकार गर्ने पक्षमा छैन । अब चुनावमा जाँदा के भनेर भोट माग्ने र जनता कसरी ढाँट्नेमा उ रणनीतिक बनेको छ । किनकी जनताले अब पत्याउलान एमाले ? उसमा भित्री डर देखिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत