राजनीति

एमालेलाई संसद नचाइएकाे पुष्टि भएकाे भन्न पाइला कि नपाइएला, अब के बाँकी छ ?

काठमाडाैँ । दुइदुइ पटक प्रतिनिधि सभा विघटन गरेकाे नेकपा (एमाले) ले जति नै संसदप्रेमी भनेपनि विराेधका कारण र सर्वदलीय वैठकमा पनि उपस्थिती नहुनुले उ संसदप्रति सम्बेदनशील नभएकाे लगातारकाे कार्यले पुष्टि गरेकाे छ ।

सरकारपक्षकाले प्रत्येकपटक एमालेलाई संसद विरोधी भएको आरोप लगाइरहेको बेला अब जनताले पनि एमाले साँच्चै विरोधी रहेको पुष्टि गर्ने आधार देखिँदै गएको बताउन थालेका छन् । 

आजको सर्वदलीय वैठकमा सामेल नहुनु र आजको संसद वैठकमा पनि विरोध गर्दा अनेक मुद्धाहरू त्यतिकै रहेको सभामुख अग्नीप्रसाद सापकोटाले पटकपटक बताउँदा र अनुनय-विनय गर्दापनि उसको व्यवहार नसुध्रिँदा अब जो कोहिले पनि एमालेको शैलीलाई लिएर अनेकन प्रश्नहरू तेर्स्याएका छन् ।

संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक ठोस निर्णय बिना सकिएको छ । संसदमा अवरोध गर्दै आएको नेकपा एमालेले बहिष्कार गरेको बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल भए पनि ठोस निर्णय नभएको हो ।

बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडि बढाउन भूमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई थप आग्रह गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताए । बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दल (नेकपा) एमालेले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले बताए ।

एमालेले नेकपा (एकीकृत समाजवादी) लाई दल स्वीकार नगर्ने र उ सहभागी हुने बैठकमा नजाने भन्दै बहिष्कार गरेको थियो । संसदमा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले नै नआएपछि समस्या समाधानबारे खास छलफल हुन सकेन ।

प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेका छन् । छलफलमा सहभागी अरु दलका नेताहरुले पनि सोही अनुसारको सुझाव दिएको जनाइएको छ ।

संसद अवरुद्ध हुँदा जनताको काममा प्रत्यक्ष प्रभाव परेकाले एमालेलाई परिवेशको आँकलन गरि सहकार्य गर्न आग्रह गर्ने निर्णय भएको बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

पछिल्ला घटनाक्रमले गर्दा एमालेकाे भविश्य कस्ताे हाेला र जनादेश अबका दिनमा कस्ताे पाउला भनेर चिन्तनपनि थपिएकाे एक कांग्रेसका नेताले गाउँ सहर डट कमलाई बताए ।

गाउँ सहर डेस्क

तपाईँको मत