धेरैपछि बजार हरियाे तर काराेबार ५ अर्ब २ करोड ८५ लाखमा सीमित, लगानीकर्तामा थाेरै उत्साह
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार हरियाली छाएको छ । केहि दिन यता निरन्तर गिरावट आएको नेप्सेमा आज भने दोहोरो अंकले बढेको हो ।
आज नेप्से ५०.५८ अंकले बढेर दुई हजार ६ सय ६५ दशमलब ९४ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब २ करोड ८५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूह बढेका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये आठ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा अपि पावर कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी हाइड्रोपाव, कालिका पावर कम्पनी, हिमालयन उर्जा कम्पनी, कालिका लघुवित्त र छ्याङदी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।
नेप्सेका अनुसार आज मेगा बैंक, युनिलिभर नेपालका कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनी भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस