राजनीति

जलेश्वरबाट डा. लाेहनीले भने - जनताकाे आवाज बाेक्ने पार्टी राप्रपा

महोत्तरी । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले दोस्रो आन्दोलनपछि नेपाली जनताले राजनीतिक स्थिरता, सुशासन, प्रजातन्त्रको सुदृढीकरण, भ्रष्टाचारमाथि नियन्त्रण, सुशासन, आर्थिक अनुसासन र परराष्ट्र नीतिको आशा गरेकामा भ्रष्टाचार, अवसरवाद, अधिनायकवाद, र लम्पसारवादको राजनीतिक माहामारीमा देशलाई खरानी बनाउने प्रयास हुँदै गरेको बताएका छन् । 

उनले यो प्रवृत्तिविरुद्ध जनताको आवाज बाेक्ने पार्टी राप्रपा रहेको बताएका हुन् ।

राप्रपाको महोत्तरी जिल्ला अधिवेशनको सन्दर्भमा जलेश्वर पुगेका लोहनीले भने,  "जनतामा जनजीविकाको सवाल र प्रजातन्त्रको संस्थागत विकास गर्ने दल राप्रपा रहेको सन्देश पुर्याउने चुनौति हामीसंग छ । त्यसैले राष्ट्र बनाउने महा अभियानमा हामी लाग्नु परेको छ । भ्रष्ट र प्रजातन्त्रको नाममा निस्किएका वर्तमान सरकार र कम्युनिस्टविरुद्ध राप्रपा लड्ने सामर्थ्य राख्न सक्छ । राप्रपा राजसंस्था र हिन्दूराष्ट्र चाहने पार्टी हो ।"

उनले अधिवेशनपश्चात् आँधिवेहरी र ज्वारभाटा उठने खालको आन्दोलनको तयारीमा रहेको र त्यसको लागि कार्यकर्ता तयार रहन निर्देशन समेत दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय राजेन्द्र लिङदेनले राप्रपाभित्र अनुशासन कायम रहने गरी आउँदो अधिवेशनमा नेतृत्व चयन हुने र राजसंस्था, हिन्दूराष्ट्र राप्रपाकै बलमा स्थापना हुने बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत