गाउँ सहर

नेपाली श्रमिका लागि अब मलेसिया जान सहज

काठमाडाैं । कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ ।

नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तब्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई प्रतिबन्ध लगाएको थियो ।

अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल गएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् ।

मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै मलेसिया जान चाहने नेपालीहरुले मलेसियाली अध्यागमन कार्यालयको माइ ट्राभल पास/माई ईन्ट्री (https://www.imi.gov.my) मार्फत दर्ता गर्नुपर्ने जनाएको छ ।

दूतावासका अनुसार मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।

मलेसिया सरकारले तोके अनुसार क्वारेण्टीन समेत बस्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । थप जानकारी आवश्यक परेमा ०१ ५४४५६८९ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

मलेसियाले कोरोना महामारीका कारण नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित पाँच देशहरूलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय केही दिन अघिमात्र  गरेको थियो ।

मलेसियाको दीर्घकालीन भिसा भएर पनि मलेसिया जान नपाएका, मलेसियामा बसोबास गर्ने स्थायी आप्रवासी, मलेसिया सरकारले भिसा जारी गरेका नेपालीहरुले प्रवेश पाउने छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत