अर्थतन्त्र

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार १५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार १५५ रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९० हजार १०० रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन तोलाको ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेर कारोबार भएको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत