स्वास्थ्य

विश्वभर काेराेना : हालसम्म ४७ लाखकाे मृत्यु, अझै एक कराेड ८६ लाखमा भाइरस सक्रिय, ९९ हजार जना गम्भिर

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित हुनेभन्दा निकाे हुनेकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख ५० हजार संक्रमित थपिएका छन् भने ५ हजार ७४८ काे मृत्यु भएकाे छ । त्यसैगरि ३ लाख ८० हजार जना निकाे भएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २० करोड ५९ लाख ३ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ८५ लाख ७५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २२ करोड ९२ लाख ८३ हजार नाघेको छ भने मृतकको संख्या ४७ लाख ५ हजार ३८४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९९ हजार जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड २९ लाख भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ९१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड २५ लाख ३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ३२ हजार थपिएसँगै कुल ९७ लाखमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप २९६ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ४५ हजार १६५ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ३० हजार ८०९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ३४ लाख ७७ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड २७ लाख ७ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख २५ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ९ हजार संक्रमित भएका छन् भने २३९ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ९० हजारभन्दा बढी छन् । हाल ३ लाख ६८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १२ लाख ३९ हजार जना संक्रमितमध्ये २ कराेड २ लाख ८० हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ७ लाख ८४ हजार ५६६ जना पुगेका छन् भने ७ लाख ४९ हजार २१३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ४० पुगेको छ भने २४ हजार ३१३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत