वातावरण

आइतबार केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभगाका अनुसार २०७८ आश्विन ३ गते आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश नं १ र गण्डकी प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत