अर्थतन्त्र

नेप्से २५०० ! कुरा के हाे, किन्ने कि बेच्ने ? बजार कता गइरहेकाे छ ?

काठमाडौँ । सेयर बजारमा पछिल्लाे समय लुकामारीजस्तै देखिएकाे छ । कुनैदिन ह्वात्तै बढ्ने र कुनैदिन घट्ने । नयाँ लगानीकर्ता आत्तिएका छन्, पछिल्लाे दृश्यले ।

यसैबीच सेयर खेलाडीहरू नेप्से २५ सयकाे हाराहारीमा आउने हल्लापनि गरिरहेका छन् । तर यी हल्लाहरू भने धेरै मिलेका छन अनि कम नमिलेका पनि छन् । किनकी हल्लामा विश्वास नगर्ने कारण नै छैन बजारमा । किनकी यस्तै देखिएकाे छ पटकपटक ।

याे अनुमानकाे तुक जानकारहरूले कसरी पनि लगाउँदैछन् भने, चाडपर्व र अन्य शिर्षकमा खर्च जाेहाे गर्नुपर्ने कारण सेयर बजारमा नकारात्मकता देखिने उनीहरूकाे जिकीर छ । यसरी हेर्ने हाे भने चाडपर्व, विशेष गरी दशैँ अगाडि बजार घट्ने जाे काेहिले अनुमान गर्न थालिसकेका छन् । फेरी किन्नेचाहिँ अझै राताम्मे कुरेर बसेका छन् ।

यो साताको कारोबारमा नेपालको शेयर बजार ६३ दशमलव ५८ अंक घटेको छ । गत साता २ हजार ८७५ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८१२ दशमलव ३९ विन्दुमा झरेको हो । 

साताको पाँच ओटा कारोबार दिनमा तीन दिन बजार घटेको छ भने एक दिन स्थिर रही एक दिन बढेको छ । साताको पहिलो दिन ७१ दशमलव ४३ अंकले बढेको बजार दोस्रो दिन स्थिर रहेको थियो । तेस्रो कारोबार दिन १८ दशमलव ५४ अंक, चौथो दिन ४० दशमलव २६ अंक र पाँचौ दिन ७६ दशमलव ६५ अंकले बजार घटेको हो ।

यो साता नेप्से परिसूचक र सेन्सेटिभ इन्डेक्ससँगै समग्र समूहगत परिसूचक पनि घटेको छ । यो साता वित्त समूहको सर्वाधिक ४ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ ।

गत साता रू. ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको ८ करोड ६७ लाख ८ हजार ८ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता रू. ३ अर्ब ९४ करोड १९ लाख ३६ हजार बराबरको १ करोड ६२ लाख ६० हजार २९१ कित्ता कम शेयर कारोबार भएको हो ।

केहि समय अगाडिकाे ऋण सीमाकाे बहानाले घट्दै गएकाे बजार शुक्रबारपनि घटिनै रह्याे । फेरी बजारलाई पछिल्लो समय बैंक ब्याजदर वृद्धिले थप प्रभावित बनाएकाे जानकारहरूकाे भनाइपनि छ । बैंकमा तरलता अभाव भएसँगै असोजदेखि नै लागू हुने गरी ब्याजदर बढेर आएको छ । बैंक ब्याजदर र शेयर बजारसँगको सम्बन्ध नकारात्मक हुने भएकाले केहि समय ब्याजदरकै कारण बजारमा लगानी घट्ने अनुमान जानकारहरुले लगाएका छन् । सरकारले खर्च नगर्दा बैंकमा तरलता अभाव सिर्जना भएकाले ब्याजदर बढेको भन्दै सरकारी खर्च शुरु भएसँगै ब्याजदरमा कमी आउने बैंकरहरुको भनाइ छ ।

कुनैपनि कम्पनी वा संस्थाकाे खुद नाफारनोक्सान, खुद व्याज आम्दानी, सञ्चालन नाफा नोक्सान, निक्षेप संकलन तथा कर्जा लगानी, सञ्चिती तथा जगेडा, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, शेयरमा प्रतिफल वृद्धि भएमा राम्रो मानिन्छ । प्रोभिजनिङ, खराब कर्जा घटेमा राम्रो हुन्छ । बैंक तथा वित्तीय संस्थाको विवरणमा उत्पादनमुलक समूह लगायतको भन्दा फरक हुन्छ । माथिका विवरणहरुमा अझै धेरै कुरा हुन्छन् अध्ययन गर्न र यी सबै महत्वपूर्ण पनि हुन्छन् । फन्डामेन्टल एनालाइसिस गर्न सक्नेले सेयर बजारमा दीर्घकालसम्मै फाइदा गर्ने पक्कापक्कीजस्तै हुन्छ । सेयर बजार स्पेकुलेटिभ हुन्छ नै । कसैले फाइदा गर्न कसैले गुमाउनैपर्ने हुन्छ । बजारमा कारोबार गर्ने मानिसहरूमध्ये सूचना र विश्लेषणमा जो कमजोर छन्, उसैले गुमाउने हो ।

बजार घट्ने र बढ्ने नै हाे । समय मिले कमाउने अनि समय नमिले गुमाउने । पछिल्लाे समय अलि बढी बजार घट्न पुगेकाे छ । याे लुकामारी निरन्तर चलिरहने प्रक्रिया नै हाे । नहुनु अर्कै कुरा हाे, तर हुने र जाेहाे गर्नेकाे लागि बजारमा लगानी गर्ने यस्तै समय हाे भनिरहेका छन् अर्थ पण्डितहरू । उनीहरू केहि समयमै बजारमा उछाल आउने बताइरहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत