स्वास्थ्य

काेराेना अपडेट : पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु, १ हजार ५५८ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ६६५ जनाको पीसीआर र तीन हजार ७२० जनाको एन्टिजेन गरी १२ हजार ३८५ जनामा गरिएको परीक्षणका क्रममा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । 

गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत