स्वास्थ्य

चीनबाट चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज आइपुग्दै

फाइल : तस्बिर

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदैछ । खोप दिउँसो दुई बजे आइपुग्ने छ । 

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप आज दुई बजे चीनबाट आइपुग्ने जानकारी दिए । 

सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि बिहीबार राति ११ बजे वाइडबडी विमान चीनतर्फ गइसकेको बताए । 

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो । जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । 

जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो ।​ भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत