स्वास्थ्य

विश्वभर काेराेना : हाल १ करोड ८६ लाख जनामा भाइरस सक्रिय, एक लाख बढि सिकिस्त

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित निकाे हुनेभन्दा थपिने संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ५ लाख ६१ हजार थपिएका छन् भने १० हजार १७१ काे मृत्यु भएकाे छ । त्यसैगरि ५ लाख ८७ हजार जना निकाे भएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २० करोड ३९ लाख ८ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ८६ लाख ४० हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २२ करोड ७२ लाख २० हजार नाघेको छ भने मृतकको संख्या ४६ लाख ७२ हजार ३५७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १ हजार ८२६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड २४ लाख ७९ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ८५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड २२ लाख ७० हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख ६४ हजार थपिएसँगै कुल ९५ लाखमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ४३२ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ४३ हजार ९६० जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ३० हजार ३६१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ३३ लाख ४५ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड २५ लाख ५२ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ४८ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा १४ हजार संक्रमित भएका छन् भने ७९३ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ८८ हजारभन्दा बढी छन् । हाल ३ लाख ७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १० लाख ३४ हजार जना संक्रमितमध्ये २ कराेड १ लाख ३८ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ७ लाख ८० हजार ८२४ जना पुगेका छन् भने ७ लाख ४३ हजार ५२६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार ९९१ पुगेको छ भने २६ हजार ३०७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत