गाउँ सहर

भूमि सम्बन्धी समस्या समाधान आयोगमा निरौला, समस्याहरुलाई हटाउने प्रयत्न गर्ने

काठमाडौँ । भूमि सम्बन्धी समस्या समाधान आयोगमा नेपाल शिक्षक संघका सल्लाहकार, निवर्तमान अध्यक्ष केशव निरौला नियुक्त भएका छन् । आजै उनले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए ।

उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत