स्वास्थ्य

कोरोनाबाट थप ७ जना संक्रमितको मृत्यु, गत २४ घण्टाको कुल पिसिआर परीक्षणमध्ये १० प्रतिशत संक्रमण दर

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ८४४ को परीक्षण हुँदा १ हजार ७६० संक्रमित थपिएका छन् ।

आजसम्म दुबै परीक्षण विधिबाट ४५ लाख ८१ हजार ८८६ परीक्षण गर्दा ८ लाख ६८ हजार ६५९ संक्रमित पत्ता लागेका छन् । 

अहिलेसम्मका संक्रमितमध्ये ४०७ सघन र १२९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार २२० छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ४१ हजार ५२६ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २१८ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ६७९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ६२४ छ ।

देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ ।

मन्त्रालयका अनुसार ११ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म १ करोड १४ लाख १९ हजार ४४६ खोप लगाइएको छ भने गत २४ घण्टामा मात्र २ लाख ९९ हजार १३१ जनामा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ । 

मन्त्रालयका अनुसार संक्रमण दर १९.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७० रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत