प्रेरणा

भूमि र भाग्य एउटै हो; मानिसले जे रोप्छ, उस्तै फल पाउँछ

जो व्यक्ति आफ्नो काम बेइमानीसँग गर्दछ, उसलाई सफलता सजिलैसँग प्राप्त हुँदैन । यसकारण आफ्नो काम इमान्दारीसँग गर्नु पर्दछ, तबमात्र सफलतासँगै सुख-शान्ति पनि प्राप्त हुन सक्दछ । हामी जस्तो गर्छौँ, त्यस्तै फल प्राप्त हुन्छ ।

धेरै मानिस आफ्नो लक्ष्य पुरा गर्नको लागि धेरै मेहनत गर्दछन्, तर त्यसमा केहिमात्र सो लक्ष्यमा पुग्दछन् । यसकारण असफल हुँदा निराश हुनु हुँदैन विपरित सकारात्मकताका साथ काम गर्नु पर्दछ । र पुनः कोसिस गर्नुपर्दछ । जुन व्यक्तिको सोच सकारात्मक हुन्छ, उ नै हरेक परिस्थितिमा शान्त रहन सक्छ ।

  • सफलता तिनलाई प्राप्त हुन्छ जो काम गर्दा निराश हुँदैनन्, गल्तीबाट शिक्षा लिन्छन् ।
  • बिना दूरी तय हामी काहिँपनि पुग्दैनौँ । त्यसैले काहिँ पुग्नु छ भने हामीलाई अगाडि बढ्नै पर्छ ।
  • जो व्यक्ति असफलताबाट शिक्षा लिँदैन, उ कहिल्यै सफल हुन सक्दैन ।
  • मानिसले कर्म गर्न मनोमानी गर्न सक्छ, तर फल भोग्नमा मनोमानी हुँदैन ।
  • जहिल्यै खुसी रहन चाहनुहुन्छ भने आफ्नो निर्णय अवस्था हेरेर लिनु पर्दछ । अर्काको देखेर निर्णय लिएमा जीवन झनै दुखी हुन्छ ।
  • भूमि र भाग्य एकजस्तै हुन्छन् । मानिसले जे रोप्छ त्यस्तै फल प्राप्त गर्दछ ।
  • जो व्यक्ति आफ्नो अनुभवका आधारमा कर्म गर्दछ, उसलाई सफलता अवश्य प्राप्त हुन्छ ।

असल व्यक्ति जरुर बन्नुहोस्, तर आफूलाई राम्रो सावित गर्ने कोसिस नगर्नुहोस्, किनकी जो व्यक्ति सहि हुन्छन्, उ असल सावित गर्नमा समय बर्बाद गर्दैनन् ।

गाउँ सहर डेस्क

तपाईँको मत