गाउँ सहर

सुरक्षा पालुवा र बाघमारा सहकारीका साधारणसभा साप्ताहव्यापी रुपमा

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा प्रधान कार्यालय रहेका सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र बाघमारा बहुउद्देश्यीय सहकारी लिमिटेडका यसपटकका वार्षिक साधारण सभा साप्ताहव्यापी रुपमा हुने  भएका छन् ।

कोरोना महामारीका कारण सुरक्षा पालुवाको १५ औं वार्षिक साधारण सभा र  बाघमारा सहकारीको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन साप्ताहव्यापी रुपमा हुने  भएका हुन् ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको कालिकास्थानमा प्रधान कार्यालय रहेको सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आश्विन ३ गते संविधान दिवसका दिन सुरु गरी वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पायक पर्ने शाखाबाट शेयर सदस्यले बुझिलिएर सुझाव दिनसक्ने व्यवस्था गरेको संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले जानकारी दिए । पोखरा ३३ कालिकास्थानमा प्रधान कार्यालय सहित पाँचवटा सेवा केन्द्र सञ्चालनमा छन् ।

यसैगरी पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको भगवती चौतारामा प्रधान कार्यालय रहेको बाघमारा बहुउद्देश्यीय सहकारी लिमिटेडको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन समेत रहेको छ । कार्यक्रमको उद्घाटन आश्विन ३ गते संविधान दिवसका दिन प्रधान कार्यालयबाट हुने सहकारीका अध्यक्ष डिल्लीराम बरालले बताए । कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै साधारणसभा तथा चौथो अधिवेशनका  कार्यक्रम भर्चुअल रुपमा समेत  सञ्चालन गरिने उनले जानकारी दिए । बाघमारा बहुउद्देश्यीय सहकारीको पोखरा १७ मा  विरौटा सेवा केन्द्र सञ्चालनमा रहेको छ । दुवै सहकारीका साधारणसभाका समापन भने असोज ९ गते हुने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत