गाउँ सहर

सुनकाे मूल्य ७०० र चाँदीमा प्रतिताेला १० रूपैयाँ घट्याे

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार स्थिर रहेको सुनको भाउ बुधवार रू. ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ४०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार २३० मा कारोबार भएको चाँदी बुधवार रू. १ हजार २२० मा खरीदविक्री भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदी प्रतितोला रू. १० ले घटेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत