स्वास्थ्य

परीक्षण कम हुँदापनि शनिबारभन्दा बढे काठमाडाैँमा संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाले ज्यान गुमाएका छन् । आइतबार १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता