स्वास्थ्य

विश्वभर काेराेनामुक्त हुनेकाे संख्या १९ कराेड ५९ लाख, अझै एक लाख बढि गम्भिर बिरामी

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित निकाे हुनेभन्दा थपिने संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ६ लाख ७६ हजार थपिएका छन् भने १० हजार ३४४ काे मृत्यु भएकाे छ । त्यसैगरि ६ लाख २३ हजार जना निकाे भएका छन् ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १९ करोड ५९ लाख ९७ हजार जनाभन्दा बढि छन् । विश्वभर हाल १ कराेड ८६ लाख ८२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने २१ करोड ९२ लाख २३ हजार नाघेको छ भने मृतकको संख्या ४५ लाख ४३ हजार ५६६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार ८१७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ३ लाख २६ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ६ लाख ५९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ११ लाख २९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा १ लाख ८२ हजार थपिएसँगै कुल ८५ लाखमा भाइरस सक्रिय छ । 

 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ५०५ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ३९ हजार ५९९ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ४५ हजार ९७१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड २८ लाख ५६ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड २० लाख २१ हजार जना निको भएका छन् । सक्रिय केस ३ लाख ९६ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा २६ हजार संक्रमित भएका छन् भने ७०३ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ५ लाख ८१ हजारभन्दा बढी छन् । हाल ४ लाख ४७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड ८ लाख ४ हजार जना संक्रमितमध्ये १ कराेड ९७ लाख ७५ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

नेपालमा भाइरस संक्रमित ७ लाख ६४ हजार २९५ जना पुगेका छन् भने ७ लाख १९ हजार ३३६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १० हजार ७७० पुगेको छ भने ३४ हजार १८९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत